पहिलो सतक हान्ने कप्तानलाई धनगढीमा सम्मान

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्कालाई धनगढी प्रिमियर लिगको उद्घाटन समारोहमा धनगढी क्रिकेट एकेडेमीले नगद एक लाख रुपैयाँ सहित ‘धनगढी क्रिकेट सम्मान’ प्रदान गरेको छ ।

४१ वर्षीय राजु सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा टिमका सदस्य थिए। राजुले सन् २००४ सम्म नेपालका तर्फबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए।

सन् २००२ मा राजु खड्काको कप्तानीमा सिंगापुरमा भएको एसीसी ट्रफीमा नेपाल फाइनलमा पुगेर एसिया कपमा छनोट भएको थियो ।

राजु अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका तर्फबाट शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। उनले २००३ को एसीसी इमर्जिङ नेशन्स कपमा भुटानविरुद्ध १ सय ५ रन प्रहार गरेका थिए।

राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि व्यक्तिगततर्फ उच्च स्कोर राजुकै नाममा छ। २०६० मा भैरहवाबाट खेल्दै विरगञ्ज विरुद्ध उनले अविजित १ सय ५३ रन बनाएका थिए। उनको यो रेकर्ड तोड्न सकेको छैन।

३५ वर्षअघि नेपालमा पहिलो प्रशिक्षकका रुपमा काम सुरु गर्दा अरुण अर्यालले धनगढीबाट थालेका थिए। त्यही धनगढीले उनलाई आज नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर स्वरुप अर्जन खड्का स्मृति सम्मान प्रदान गरेको छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest