रुपन्देहीले अत्तरीयालाई मात्र ६२ रनको लक्ष्य प्रस्तुत

धनगढी प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा रुपन्देही च्यालेञ्जर्सले सिवाइसी अत्तरीयालाई मात्र ६२ रनको लक्ष्य दिएको छ ।

धनगढी स्थित संघीय इकाई प्रहरीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५ ओभर २ बलमा ६१ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको रुपन्देहीले १० रन बनाउँदा तीन विकेट खेर फाल्यो । उसका दुबै ओपनरले खाता खोल्न सकेन भने विक्रम भुषालले ८ रनमा आउट भए ।

तर त्यसपछि अरु १५ रन स्कोरबोर्डमा थप्दा रुपन्देहीले थप दुई विकेट गुमायो । दिपक प्रशाद ५ तथा कप्तान शक्ति गौचन ८ रनमा आउट भए ।

एकपछि अर्को विकेट गुमाएको रुपन्देहीले ३४ रन बनाउँदा ८ विकेट खेर फालेको थियो । उसका सुफेयान मेहमुदले सर्वाधिक २० रन बनाए । बलिङ तर्फ अत्तरीयाका कमलसिंह ऐरीले चार तथा शुभसंकर उराले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest