डीपीएल-२, महेन्द्रनगरद्वार विराटनगरलाई १६९ रनको लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा महेन्द्रनगर युनाईटेडले विराटनगर किङ्सलाई एक सय ६९ रनको लक्ष्य दिएको छ ।

धनगढी स्थित संघीए ईकाई प्रहरीको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारीत ५० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६८ रन बनायो ।

उसका लागि कप्तान विनोद भण्डारीले ३५ रन बनाउदा पुनित विष्टले २४ तथा आरिफ शेखले २४ रन बनाए । बलियो सुरुवात गरेको महेन्द्रनगरले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो ।

तर त्यसपछि उसले एक रन पनि थप्न नपाउँदै लगातार दुई विकेट गुमायो ।

महेन्द्रनगरका लागि विदेशी खेलाडी पुनित मेहराले अविजीत ३८ रन बनाए भने हरीशंकर शाहले १९ रनको योगदान गरे ।

बलिङ तर्फ विराटनगरका मञ्जित श्रेष्ठले दुई तथा पारस खड्का र सुभंम कामतले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest