डीपीएलमा पारसको टिम विराटनगर महेन्द्रनगरसँग ३३ रनले पराजित

धनगढी प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा महेन्द्रनगर युनाईटेडले विराटनगर किङ्सलाई ३३ रनले हरायो ।

धनगढी स्थित संघीए ईकाई प्रहरीको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६८ रन बनायो ।

उसका लागि कप्तान विनोद भण्डारीले ३५ रन बनाउदा पुनित विष्टले २४ तथा आरिफ शेखले २४ रन बनाए । बलियो सुरुवात गरेको महेन्द्रनगरले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो ।

तर त्यसपछि उसले एक रन पनि थप्न नपाउँदै लगातार दुई विकेट गुमायो । महेन्द्रनगरका लागि विदेशी खेलाडी पुनित मेहराले अविजीत ३८ रन बनाए भने हरीशंकर शाहले १९ रनको योगदान गरे ।

बलिङ तर्फ विराटनगरका मञ्जित श्रेष्ठले दुई तथा पारस खड्का र सुभंम कामतले एक एक विकेट लिए ।

जवाफमा विराटनगर १९ ओभरमा एक सय ३५ रनमा अलआउट भयो । मध्यम सुरुवात गरेको विराटनगरले २९ रन हुँदा पहिलो विकेट गुमायो ।

विराटनगरका लागि विदेशी खेलाडी बाबर हायातले ३२ रन बनाए भने पृथु बास्कोटाले ३५ रन जोडे ।

यस्तै अनिलकुमार शाहले २३ र कप्तान पारस खड्काले १६ रन र दिलिप नाथले १० रनको योगदान गरे । उसका ६ खेलाडीले दोहोरो अंक छुन सकेनन ।

प्रतियोगितामा भोली अत्तरीया र टिम चौराहा धनगढी तथा काठमाडौ गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्स विच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest