अत्तरीयाद्वारा चौराहालाई १५१ रनको लक्ष्य

धनगढी प्रिमियर लिग डीपीएल– २ अन्तर्गत आजको पहिलो खेलमा अत्तरीयाले टिम चौराहा धनगढीलाई जितकालागि १५१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको  अत्तरीयाले  २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनाएको छ ।

उसकालागि प्रेम तामाङले २ छक्काको मद्दतले २८ रन जोडे । १८ बल खेलेका कुशल भुर्तेलले ३ चौका र १ छक्काको मद्दतले २५ रन जोडे ।

यसैगरी ११ बलमा १३ रन जोडेका अत्तरियाका कप्तान सुवास खकुरेलको विकेट चौराहाका कप्तान सोमपाल कामीले लिए ।

दीपेन्द्रसिंह ऐरीले १९ तथा गौरब चितकाराले १३ रन जोडे । कमलसिंह ऐरी भने रन आउट भएका थिए ।

चौराहाका ललित भण्डारीले ३ तथा रोहन मुस्तफाले २ विकेट लिदा सोमपाल कामी र समसेद खानले १– १ विकेट हात पारे ।

१५१ रनको लक्ष्य पच्छाएको चौराहाले भर्खरै जवाफी व्याटिङ सुरु गर्दैछ । आजै हुने अर्को खेलमा काठमाडौ गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्स भिड्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest