डीपीएलमा काठमाडौले अपराजित यात्रा कायम राख्दा रुपन्देहीको खराव प्रदर्शन जारी

काठमाडौ गोल्डेन्सले धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएलमा लगातार दोस्रो जित निकालेको छ ।

लिगको दोस्रो खेलमा काठमाडौले रुपन्देही च्यालेञ्जर्सलाई ६३ रनले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ८६ रन बनायो ।

बलियो सुरुवात गरेको काठमाडौका विदेशी खेलाडी सुबोध भाटी ४२ रनमा आउट हुँदा ६५ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि चौराहालाई हराउँदा नायक बनेका अमित श्रेष्ठ ३० रनमा पेभेलियन फर्किएपछि काठमाडौले ७४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

काठमाडौको मिडलअडरका खेलाडलाई पनि राम्रो प्रदर्शन गरे । सन्नी पटेलले अविजीत ४८ रन बनाए भने नरेश बुढाऐरले ३० तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । यस्तै भुपेन्द्र थापाले १४ रन थपे ।

जवाफमा लगातार दोस्रो हार ब्यहोर्ने क्रममा रुपन्देही १८ ओभर ४ बलमा मात्र एक सय २३ रनमा अलआउट भयो ।

दरिलो सुरुवात गरेको रुपन्देहीले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो । तर त्यसपछि अरु ५२ रन थप्दा उसले सबै विकेट गुमायो ।

रुपन्देहीका ओपनर प्रदिप ऐरीले ५७ तथा सागर पुनले १८ रन बनाउनु बाहेक बाकि खेलाडी एकोहोरो रुपमा आउट भए ।

उसको मिडिलअडर पुर्ण रुपमा ध्वस्त भयो । रुपन्देहीलाई कम स्कोरमा रोक्न रासिद खानले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।

दुई खेल हारेपछि रुपन्देहीलाई शिर्ष चारमा पुग्न दबाव बढेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest