अष्ट्रेलिया विरुद्दको श्रृखंला दक्षिण अफ्रिकाले ३-१ ले जित्यो

बल टेम्परिङको विवादका कारण मुख्य खेलाडी गुमाएको अष्ट्रेलियाको असर दक्षिण अफ्रिका विरुद्धको चौथो टेष्टमा देखिएको छ । अन्तिम टेष्टमा अष्ट्रेलिया दक्षिण अफ्रिका विरुद्धको खेलमा ४ सय ९२ रनको भारी अन्तरले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो पारीमा चार सय ८८ रन बनायो । उसका लागि एडीन मार्करामले एक सय ५२ रन बनाए भने टेम्बा बाभुमाले ९५ रन बनाए ।

जवाफमा अष्ट्रेलिया मात्र दुई सय २१ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कप्तान टीम पेनीले ६२ तथा उस्मान ख्वाजाले ५३ रनको योगदान गरे ।

पहिलो पारीमा राम्रो अग्रता लिएको दक्षिण अफ्रिकाले दोस्रो पारीमा थप ३४४ रन जोड्दै अष्ट्रेलियालाई ६१२ रनको लक्ष्य दियो । जसमा अष्ट्रेलिया दोस्रो पारीमा मात्र एक सय १९ रनमा अलआउट भयो ।

उसका दुई खेलाडीले मात्र दोहोरो अंक बनाउँदा बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।

बलिङ तर्फ दक्षिण अफ्रिकाका भेरनोन फिलान्डरले ६ विकेट लिए । यो जितसंगै दक्षिण अफ्रिकाले चार टेष्टको श्रृखंला तीन एकले जितेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest