विराटनगरको टस हारेर ब्याटिङमा, बलियो सुरुवात गर्न सफल

धनगढी प्रिमियर लिगमा अहिले विराटनगर किङस र रुपन्देही च्यालेञ्जर्स विच प्रतिस्पर्धा भइरहेको छ । जसमा उसले दरिलो सुरुवात गर्न सफल भएको छ । पहिलो विकेटका लागि अनिल शाह र दिलिप नाथले ४५ रनको साझेदारी गरे ।

अनिल ३६ रनमा आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो ।

डिपिएलमा खराव सुरुवात गरेको विराटनगर आज रुपन्देहीलाई हराउँदै पुनः लयमा फर्किने लक्ष्यमा छ ।

पहिलो खेलमा महेन्द्रनगरसँग ३३ रनले पराजित भएको विराटनगरको प्रतियोगितामा दोस्रो खेल हो ।

यता रुपन्देहीको यो लिगमा तेस्रो खेल हुँनेछ । उसले यसअघि खेलका दुई खेलमा दुबैमा हार ब्यहोरेको छ ।

यदि आज पनि रुपन्देही पराजित भएमा उसलाई प्लेअफमा पुग्ने सम्भावना न्युन हुनेछ ।

रुपन्देही पहिलो खेलमा अत्तरीयासँग ९ विकेटले पराजित भएको थियो भने अर्को खेलमा काठमाडौ गोल्डेन्ससँग ६३ रनले हार्नपुग्यो ।

अर्को खेलमा लिगको शिर्ष स्थानमा रहेको काठमाडौले अत्तरीयासँग खेल्नेछ । चौराहासँग ८ विकेटले हारेको अत्तरीया आजको खेलमा काठमाडौको जितको यात्रालाई पुर्ण विराम दिने लक्ष्यमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest