घरेलु मैदानमा पाकिस्तानले टी-२० श्रृखंलामा ह्वाइटवास

वेष्ट इन्डिज विरुद्धको टी–२० श्रृखंलामा पाकिस्तानले ह्वाइटवास गरेको छ । तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेको पाकिस्तानले श्रृखंला ३–० ले जित्यो ।

कराचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बनायो ।

वेष्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ५२ रन बनाए भने दिनेश रामदिनले ४२ रन जोडे । यस्तै मार्लोन स्यामुयल्सले ३१ रनको योगदान गरे । पाकिस्तानका लागि बलिङ तर्फ सादाव खानले २ विकेट लिए ।

जवाफमा पाकिस्तानले १६ ओभर ५ बलमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गरयो ।

उसको जितमा फाखर जामनले ४० तथा बबर अजामले ५१ रन बनाए । यस्तै हुसेन तालतले ३१ र आशिफ अलीले २५ रनको योगदान गरे ।

वेष्ट इन्डिज विरुद्धको टी–२० श्रृखंलामा पाकिस्तानले ह्वाइटवास गरेको छ ।

तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेको पाकिस्तानले श्रृखंला ३–० ले जित्यो ।

कराचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बनायो ।

वेष्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ५२ रन बनाए भने दिनेश रामदिनले ४२ रन जोडे । यस्तै मार्लोन स्यामुयल्सले ३१ रनको योगदान गरे । पाकिस्तानका लागि बलिङ तर्फ सादाव खानले २ विकेट लिए ।

जवाफमा पाकिस्तानले १६ ओभर ५ बलमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गरयो । उसको जितमा फाखर जामनले ४० तथा बबर अजामले ५१ रन बनाए । यस्तै हुसेन तालतले ३१ र आशिफ अलीले २५ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest