डीपीएलमा काठमाडौको लगातार तेस्रो जित, अत्तरीया ११ रनले हार्यो, प्लेअफ नजिक

धकाठमाडौ गोल्डेन्सले डिपिएलमा लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा सिवाईसी अत्तरीयालाई ११ रनले हराउँदै काठमाडौ प्लेअफको नजिक पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौ गोल्डेन्सले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३७ रन बनायो ।

खराव सुरुवात गरेको काठमाडौले ४७ रन बनाउँदा तीन विकेट खेर फालेको थियो ।

उसका सुरुवाती खेलाडी अमित श्रेष्ठ र सुबोध भाटी सस्तैमा आउट भए । त्यसपछि नरेश बुढाऐर पनि २७ रनमा आउट हुँदा काठमाडौले ८१ रनमा चार विकेट खेर फाल्यो ।

काठमाडौका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७ रनको योगदान गरे । जारी प्रतियोगितामा उनको यो पहिलो अर्धसतक हो ।

यस्तै रासिद खानले १६ रन थपे । तर काठमाडौको मिडिलअडर चल्न नसक्दा मध्यम स्कोर मात्र बनाउन सक्यो । बलिङ तर्फ अत्तरीयाका शिवसंकर उराले तीन तथा कृष्ण कार्कीले दुई विकेट लिए ।

जवाफमा अत्तरीया २० ओभरमा आठ विकेट गुमाउँदा एक सय २६ रनमा रोकियो ।

१२ रनमा दुई विकेट गुमाएको अत्तरीयाका गौरव चितकारा र विपिन चन्दले ५० रनको साझेदारी गरेका थिए । जसमा गौरवले ३६ रन बनाउँदा विपिनले २६ रनको योगदान गरे ।

त्यसपछि सन्दिप जोराले २१ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट भए । जसका कारण काठमाडौले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन सफल भयो ।

तीन खेलमा काठमाडौको ६ अंक भएको छ । अब प्लेअफमा पुग्न उसलाई एक जित आवश्यक छ । यता अत्तरीयाको तीन खेलबाट दुई अंक रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest