रातभरको बर्षाका कारण महेन्द्रनगर र अत्तरीया विचको खेल रद्द, महेन्द्रनगर प्लेअफमा

रातभरी हवा हुरी संगै आएको वर्षाका कारण धनगढी प्रिमियर लिगमा आज हुने भनिएको महेन्द्रनगर र अत्तरीया विचको खेल रद्द भएको छ । मैदानमा पानी जमेकाले खेल नभएपछि दुबै टिमले अंक बाढेका छन ।

गएराति हावाहुरीसगै भारी बर्षा भएपछि मैदानको पिच भिज्नुका साथै आउटफिल्डमा पानि जमेकाले महेन्द्रनगर र अत्तरीया विचको खेल टस नहुदै रद्द भएको हो ।

जसका कारण दुबै टिमले एक एक अंक बाढेका छन । अंक बाढेपछि महेन्द्रनगर प्लेअफमा पुगेको छ भने अत्तरीयाको शिर्ष चारमा पुग्ने सम्भावना न्युन बनेको छ ।

महेन्द्रनगरको चार खेलबाट ५ अंक भएको छ भने अत्तरीयाको ३ अंक छ । अब प्लेअफमा पुग्न अत्तरीयालाई आफनो अन्तिम खेल जित्नेपर्ने भएको छ भने अरु टिमको नतिजामा पनि भर पर्नुपर्नेछ ।

यता महेन्द्रनगरलाई प्लेअफमा पुगेको छ । तालिकामा विराटनगर र धनगढीको समान चार चार अंक छ ।

दुबै टिमले अन्तिम खेल खेल्न बाकि हरेको छ । अहिलेसम्म चार वटै खेलमा जित निकाल्दै काठमाडौ गोल्डेन्स प्लेअफमा पुगिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest