चौराहा र महेन्द्रनगर डीपीएलको प्लेअफमा

टिम चौराह धनगढी र महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिगको प्ले अफमा प्रवेश गरेका छन ।

आज भएको दोस्रो खेलमा चौराहले, लिग चरण बाट बाहिरीसकेको रुपन्देही च्यालेन्र्सज माथि तीन रनको रोमाञ्चक जीत हात पार्यो ।

टस हारेर ब्याटिङ गरेको चौराहले निर्धारित आठ ओभरमा सात. विकेट गुमाउदै ७६ रन बनाएको थियो । वर्षाका कारण खेल ढिलो सुरु भएपछि २० ओभर बाट खेल आठ ओभरमा झारिएको थियो ।

एघार रनमा तीन विकेट गुमाएपछि दवावमा आएको चौराहका लागि सोनु तामाङले विस्फोटक ब्याटिङ गरे । सोनुले १३ वलमा ३४ रन बनाए । उनले चार छक्का र एक चौका प्रहार गरेका थिए । चौराहले पहिलो ओभरको पहिलो वलमानै ओपनर अस्फाक अहमदलाइ शुन्यमा गुमाएको थियो । तयसपछि आएका सुनिल धमला ६ र सोमपाल कामी दुइ रनमा मैदान बाहिरिएका थिए ।

तर सोनु र रोहन मुस्तफाले चौथो विकेटका लागि ४० रनको साझेदारी गर्दै टिमलाइ उकासे । रोहन १५ रनमा आउट भए । रुपन्देहीका सुसान भारीले तीन, दिपेश श्रेष्ठले दुइ र सागर पुन तथा शक्ति गौचनले एक एक विकेट लिए । जवाफमा रुपन्देहीले आठ ओभरमा पांच विकेट गुमाउदै ७३ रन बनायो । सागर पुनले आक्रमक ब्याटिङ गर्दै ३३ रन बनाएपछि चौराह दवावमा आएको थियो ।

मुस्तफाले सागरलाइ आउट गरे । एक समय रुपन्देही पांच ओभरमा ५३ रनको अवस्थामा थियो । तर छैटँै ओभर लिएर आएका ललित सिंह भन्डारीले कसिलो बलिङ गर्दै जम्मा तीन खर्चिर्दै चौराहलाइ खेलमा फर्काए । अन्तिम ओभरमा रुपन्देहीलाइ जीतका लागि १४ रन आबश्यक थियो । तर योगेन्द्रसिंह कार्कीले एक विकेट सहित दश रन खर्चिए र चौराहले प्ले अफमा स्थान बनायो ।

रुपन्देही भने लिगका पांचै खेलमा जीत विहिन बन्यो । यस्तै महेन्द्र नगर र सिवाइसी अत्तरिया बीचको आजको पहिलो खेल भने वर्षाका कारण हुन सकेन् । जसका कारण दुवै टिमले एक एक बाडेपछि महेन्द्रनगर चार खेलबाट पांच अंक जोड्दै प्ले अफमा पुग्न सफल भयो । महेन्द्रनगरले लिगको अन्तिम खेलमा भोली काठमान्डौ गोल्डेन्सको सामना गर्नेछ ।

यदि यो खेलमा जीत हात पारे महेन्द्रनगर दोस्रो स्थान हात पार्दै क्वालिफायर पुग्नछे । तीन अंक जोडेको अत्तरियाको पनि प्ले अफ पुग्ने संभावना कायमै छ । भोली हुने विराटनर किंस र अत्तरिया बीचको बीजेता प्ले अफमा पुग्ने छ भने हार्ने टिम प्रतियोगिता बाट बाहिरिनेछ । अहिले सम्म अपराजित रहको काठमान्डौ क्वालिफायर पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest