११ औँ संस्करणको आईपीएलको भव्य उद्घाटन

भारतमा आजबाट ११ औँ संस्करणको आईपीएल क्रिकेट प्रतियोगिता सुरुहुँदै छ ।

आजको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियनस भिड्ने छन् । उद्घाटन खेलअघि चेन्नाईमा आईपीएलको भव्य समारोहकाबीच उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहमा भारतीय कलाकारहरुले विभिन्न प्रस्तुति दिएका छन् । भारतीय कलाकार बरुण धवन र प्रभु देवाले संयुक्त प्रस्तुति दिएका थिए ।

त्यसपछि तम्नना भाटिया, गायक मीका सिंह, सुपर स्टार रितिक रोशनले प्रस्तुति दिएका थिए । सांगितिक कार्यक्रमकाबीचमा गत संस्करणको विजेता मुम्बई इन्डीयन्सका कप्तान रोहित शर्माले स्टेजमा आईपीएलको ट्रफी राखेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest