आईपिएलको पहिलो खेलमा चेन्नेईको रोमाञ्चक जित

आईपीएल क्रिकेटमा चन्नेई सुपर किङस विजयी सुरुवात गरेको छ । दुई बर्षको प्रतिबन्ध पछि सहभागि भएको चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई एक बिकेटले पराजित गरेको हो ।

१ सय ६६ रनको लक्ष्य पच्छाएको चेन्नाईले सुरुमा सोँचे जस्तो प्रदर्शन गर्न सकेन । अन्तिम ३ ओभरमा चेन्नाईले खेल आफ्नो पक्षमा पारेको हो ।

चेन्नाईकालागि ड्वायन ब्राभोले ३० बलमा विस्फोटक पारी खेल्दै ६८ रन बनाएपछि मुम्बईका हातबाट जित खोसिएको थियो । पहिला रिटार्यर्ड हट हुँदै मैदान बाहिर गएका केदार जादभ व्राभो आउट भएपछि मैदान आएका थिए । उनले विजयी सट प्रहार गरेका थिए । उनले २४ रन जोडे ।

शेन वाट्सन र अम्बाती रायडुको ओपनिङ जोडिले २७ रनको साझेदारी गरेका थिए । पहिलो विकेट वाट्सनको रुपमा गुमाउँदा चेन्नाईको २७ रन थियो । १४ बल खेलेका वाट्सनले १ छक्का र १ चौकाको मद्दतले १४ रन बनाए । ४२ रन हुँदा दोस्रो विकेटका रुपमा सुरेश रैना आउट भए । उनले ६ बल खेलेर जम्मा ४ रन बनाए । टिमले ५१ रन जोड्दा तेस्रो विकेटको रुपमा अम्बाती रायडुलाई गुमाएको थियो ।

रायडुले १९ बलमा २२ रन बनाए । पाँच बल खेलेका कप्तान महेन्द्रसिंह धोनी ५ रनमा पेभेलियन फर्किए । रविन्द्र जडेजाले १२, हरवजन सिंहले ८ रन जोड्दा दीपक चहारले रनको खातानै खोल्न सकेनन् । मायंक मार्कण्डे र हार्दिक पाण्ड्याले तीन तीन विकेट लिएका थिए । टस हारि पहिला व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।

मुम्बईकालागि कुनाल पाण्ड्या र हार्दिक पाण्ड्याले आउट नभई क्रमश ४१ र २२ रन बनाएका थिए । ७ रनमा पहिलो विकेट गुमाएको मुम्बईले २० रन जोड्दा दोस्रो विकेट गुमाएको थियो । पहिलो विकेटका रुपमा इभिन लुईस सून्य रनमा पेभेलियन फर्कदा कप्तान रोहित शर्मा १५ रनमा आउट भए । सूर्यकुमार यादबले ४३ तथा इशान किशनले ४० रन जोडेका थिए । चेन्नाईका शेन वाट्सनले २ तथा इमरान ताहिर र दिपक चहारले १ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest