विराटनगर डीपीएलको लिग चरणबाट बाहिर, अत्तरीया प्लेअफमा

धनगढी प्रिमियर लिगमा बलियो टिम मानिएको विराटनगर किङस लिग चरणबाट नै बाहिरीएको छ । विराटनगरको हारले अत्तरीया प्लेअफमा पुगेको छ भने टिम चौराहा धनगढी क्वालिफायर खेल्ने भएको छ । लिगको अन्तिम खेलमा विराटनगर अत्तरीयासँग ६ विकेटले पराजित भयो ।

बर्षाका कारण मैदानमा पानी जमेपछि २० ओभरबाट ६ ओभरमा झारीएको खेलमा विराटनगरले ३ विकेट गुमाउदै ५५ रन बनायो । विराटनगरले २२ रन हुदा पहिलो विकेट गुमायो । उसका ओपनर बाबर हायात ७ बलमा १४ रन बनाउँदै पेभेलियन फर्किए ।

त्यसपछि अर्का ओपनर अनिल शाह पनि १५ रनमा आउट भएपछि विराटनगरले ३१ रन बनाउदा दोस्रो विकेट गुमायो । कप्तान पारस खड्का मात्र नौ रनमा आउट हुदा उसले ४३ रनमा तेस्रो विकेट गुमायो । विराटनगरका लागि दिलिप नाथले अविजीत १५ रन बनाए । आजको खेलको विजेताले प्लेअफमा स्थान बनाउनेछ ।

५६ रनको लक्ष्य पक्ष्याएको अत्तरीयाले सुरुवात भने राम्रो गर्न सकेन । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको अत्तरीयाले ४ रनमा दुई विकेट झार्यो । तेस्रो विकेटका लागि दिपेन्द्र ऐरी र विपिन चन्द्रले ५१ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याए । अत्तरीयाका कुशल भर्तेल चार रनमा आउट भए भने दिपेन्द्रले २० तथा विपिनले २६ रनको योगदान गरे । बलिङ तर्फ रामनरेश गिरी र पारस खड्काले दुई दुई विकेट लिए ।

अब फाइनल प्रवेशका लागि काठमाडौ गोल्डेन्स र टिम चौराहा विच प्रतिस्पर्धा हुनेछ । सो खेलमा हार्ने टिमले फेरी अर्को क्वालिफायर खेल्नुपर्नेछ । जसमा उसले महेन्द्रनगर युनाईटेड र अत्तरीया विचको विजेतासँग खेल्नेछ । प्लेअफमा महेन्द्रनगर र अत्तरीया भिड्नछन । प्रतियोगिताको विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैया पाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest