आइपिएलमा पहिलो खेलमा बेन्चमा सन्दिप

नेपाली खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली डेरडेभिल्सको पहिलो खेलमा बेन्चमा बसेका छन ।

किंग्स इलेभेन पञ्जावको विरुद्द मोहालीमा भइरहेको खेलमा सन्दीप लामिछाने सुरुवाती ११ मा अट्न सकेनन ।

आइतबार दिल्लीको टिममा गौतम गम्भीर, कोलिन मुनरो, रिसव पन्त, श्रेयस ऐर, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टियन, अमित मिश्रा, राहुल तेवाटिया, ट्रेन्ट बोल्ट र मोहम्मद सामी रहेका छन् ।

आईपीएलमा पहिलो पटक यसवर्ष नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध भएका छन् । त्यसैले दिल्लीको खेल हुँदा सन्दीपले खेल्न पाउने वा नपाउने भन्ने विषय नेपाली क्रिकेटप्रेमीबीच चासो र चर्चामा रहने गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest