आइपिएलमा केएल राहुलको किर्तीमान

किङ्स ११ पञ्जाबका केएल राहुलले आइपिएलमा दिल्ली डेयरडेभिल्स विरुद्द सबै भन्दा थोरै बलको सामना गर्दै अर्धशतक बनाउँदै कीर्तिमान रचेका छन्।

टस जितेर बलिङ गरेको पञ्जाबका लागि राहुलले १ सय ६७ रनको लक्ष पछ्याउने क्रममा १४ बलमा अर्धशतक बनाएका हुन्। उनले ६ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे।

यसअघि कोलकाता नाइट राइडर्सका सुनिल नारायनले रोयल च्यालेन्जर्स बेङ्गलोर विरुद्ध १५ बलमा प्रहार गरेको सबै भन्दा छिटो अर्धशतक थियो।

नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले आज भने पहिलो खेलमा सन्दीपलाई मौका दिएको थिएन। सन्दीपलाई अमित मिश्रको ब्याक अपको रुपमा हेरिदै आएको छ। राहुलले अमितको पहिलो ओभरमा २४ रन प्रहार गरेका थिए।
उनी ५१ रन बनाउँदै आउट भएका छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest