सन्दिपको टिम दिल्ली आइपिएलको पहिलो खेलमा नै पराजित

इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले पहिलो खेलमा नै हार ब्यहोरेको छ । आइतबार भएको खेलमा दिल्ली पञ्जाव इलावेनसँग ६ विकेटले पराजित भयो ।

मोहालीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ६६ रन बनायो ।

उसका लागि कप्तान गौतम गम्भिरले ५५ रन बनाए भने रिशभ पन्तले २८ तथा क्रिस मोरीसले २७ रन जोडे ।

जवाफमा पञ्जावले १८ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि केएल राहुलले विस्फोटक ५१ रन बनाए ।

उनले टी ट्वान्टीमा थोरै बलमा अर्धसतक बनाउने क्रममा उनले १५ बलमा अर्धसतक बनाए । जसमा उनले ६ चौका र ४ छक्का प्रहार बनाए ।

यस्तै करुन नायरले ५० तथा डेविड मिलरले २४ र मार्कस स्टोनिसले २२ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest