आइपिएलमा विराटको टिम पहिलो खेलमा नै पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सले बैङलोरलाई ४ विकेटले हराएको छ ।

कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बैङलोरले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो ।

उसका लागि एवी डिभिलिर्सले ४४ थता ब्रान्डन म्याक्कुलमले ४३ र मन्दिप सिंहले ३७ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३१ रनको योगदान गरे ।

बलिङ तर्फ कोलकाताका नितेश राना र विनय कुमारले दुई दुई विकेट लिए ।

जवाफमा कोलकाताले घरेलु दर्शकमाझ १८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

कोलकाताको जितमा म्यान अफ द म्याच बनेका सुनिल नारायनले विस्फोटक ५० रन बनाए । उनले १९ बलमा चार चौका र ५ छक्काको मद्दतले अर्धसतक बनाए ।

यस्तै कप्तान दिनेश कार्तीकले ३५ तथा नितेश रानाले २४ रन थपे । बलिङ तर्फ क्रिस ओक्सले तीन तथा उमेश यादवले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest