डीपीएलका महङगा तर प्रदर्शनमा कमजोर खेलाडी

धनगढी प्रिमियर लिगमा सहभागि ६ टिममा सबै भन्दा महंगा खेलाडीका रुपमा अनुबन्ध भएका थिए बसन्त रेग्मी, आरिफ शेख, सागर पुन र करण केसी, एक लाख ५० हजार रुपैयामा अनुबन्ध भएका चारै खेलाडीको प्रदर्शन डिपिएलमा खासै राम्रो हुन सकेन ।

सुरुमा कुरा गरौ

सागर पुन

नेपाल राष्ट्रिय टिमका ओपनर समेत रहेका सागर पुन राम्रो फर्ममा नभएका कारण उनी टिममा पर्न सकेका थिएनन । तर डिपिएलका लागि रुपन्देहीले १ लाख ५० हजारमा अनुबन्ध गर्यो । तर उनको प्रदर्शन उत्साहजनक रहेन ।

अलराउण्डर सागरले प्रतियोगितामा ५ खेलमा मात्र ८४ रन बनाए भने बलिङमा तीन विकेट लिए । उनको प्रतियोगितामा सर्वाधिक उच्च स्कोर ३३ रन थियो, जुन धनगढी टिम चौराहा विरुद्ध बनाएका थिए ।

करण केसी

प्रतियोगितामा अर्को मंहगो खेलाडी हुन करण केसी, हुन त उनले अझै दुई खेल खेल्न बाँकि नै छ ।

तर लिग चरणमा खेलेका ३ खेलमा उनको बलिङले खासै राम्रो जादु देखाउन सकेन । डिभिजन २ मा तहल्का मच्चाएका करणले डिपिएलमा भने महेन्द्रनगरबाट खेल्दा बलिङमा एक र ब्याटिङमा पनि एक रन मात्र बनाउन सके ।

तर अब बाकि दुई खेलमा उनले कस्तो प्रदर्शन गर्नेहुन त्यो भने हेर्न बाकि छ ।

आरिफ शेख

उपाधिको बलियो दावेदार मानिएको महेन्द्रनगरले आरिफलाई पनि महंगो रकममा किनेको थियो । आरिफले पनि अझै दुई खेल खेल्नबाँकि नै छ ।

तर लिग चरणमा भने उनको प्रदर्शन उत्साहजनक रहन सकेन । मिडिलअडरका खेलाडी आरिफले तीन खेलमा मात्र २४ रन बनाउन सके । उनको उच्च स्कोर २० रन हो जुन विराटनगर विरुद्ध बनाएका थिए ।

बसन्त रेग्मी

स्टार बलर भएरपनि विपक्षीलाई दबावमा राख्न नसकेका बसन्तको प्रदर्शन यसपटक चाख लाग्दो बनेन ।

उनले खेलेका पाच खेलमा दुई खेलमा मात्र विकेट लिन सके । टिम प्रतियोगिताबाट बाहिरीसक्दा बसन्तले मात्र चार विकेट लिन सके । त्यो चार विकेट पनि उनले काठमाडौं र धनगढी विरुद्ध लिएका थिए । अन्य खेलमा उनी विकेट विहिन बने ।

महंगा खेलाडीको प्रदर्शन आशालाग्दो हुन नसकेपनि केहि यस्ता खेलाडीछन जो अक्सनमा सस्तो रकममा अनुबन्ध भएपनि डिपिएलमा राम्रो प्रदर्शन गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest