हैदरावादको विजयी सुरुवात, राजस्थान रोयल्स ९ विकेटले पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई नौ विकेटको भारी अन्तरले हराएको छ ।

हैदरावादमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभमा नौ विकेट गुमाउदै एक सय २५ रन मात्र बनाउन सक्यो ।

सुरुवात राम्रो गर्न नसकेको उसले ६ रन हुदा पहिलो विकेट गुमायो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा सञ्जु सामसोनले ४९ तथा कप्तान अजिन्क्या राहानेले १३, श्रेयस गोपालले १८ र राहुल त्रिपाठीले १७ रन बनाए । बाँकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

राजस्थानलाई कम स्कोरमा रोक्न हैदरावादका सकिव अल हसन र सिद्धार्थ कउलले दुई दुई विकेट लिए ।

जवाफमा घरेलु टिम हैदरावादले १५ ओभर ५ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उसका लागि शिखर धवनले अविजीत ७७ तथा कप्तान केन विलियम्सनले अविजीत ३६ रन बनाए । उसले एक विकेट मात्र ६ रन हुदा गुमाएको थियो ।

त्यसपछि धवन र विलियम्सनले सतकिए साझेदारी गर्दै टिमलाई जित दिलाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest