अष्ट्रेलियन तिब्रगतिका बलर म्याट कुमिन्स आइपिएलबाट बाहिर

अष्ट्रेलियन तिब्रगतिका बलर म्याट कुमिन्स इन्डियन प्रिमियर लिगबाट बाहिरीएका छन । ढाडको समस्याका कारण उनले आईपिएलका बाकि खेल नखेल्ने भएका हुन ।

क्रिकेट अष्ट्रेलियनले कुमिन्सको ढाडमा समस्या भएको र उनी घर फर्किएको बताएको छ ।

मुम्बई इन्डियन्सले कुमिन्सलाई एक दमलव पाँच मिलियन अमेरीकी डलरमा किनेको थियो । उनले मुम्बईको पहिलो खेल पनि गुमाएका थिए । जुन खेलमा मुम्बई चेन्नेईसँग झिनो अन्तरले पराजित भएको थियो ।

२४ बर्षे कुमिन्सले राष्ट्रिय टिमबाट विश्राम नलिई १३ टेष्ट खेलेका थिए । जसका कारण पनि उनी चोटग्रष्ट भएको बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest