डीपीएलमा काठमाडौ‌द्वारा धनगढीलाई १२८ रनको लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत पहिलो क्वालिफायर्समा काठमाडौ गोल्डेन्सले धनगढी टिम चौराहालाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले २० ओभरमा नौ विकेट गुमाउदै एक सय २७ रन बनायो ।

सुस्त सुरुवात गरेको काठमाडौंले आठ रन हुदा पहिलो विकेट गुमाउदा २७ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर सुबोध भाटी खाता खोल्न नपाउदै आउट भए भने भुपेन्द्र थापा १० रनमा पेभेलियन फर्किए ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र अमित श्रेष्ठले ५२ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर ज्ञानेन्द्र ३८ रनमा रोहन मुस्तफाको बलमा आउट भएपछि काठमाडौंले ७९ रनमा तेस्रो विकेट गुमायो । काठमाडौंले स्कोरबोर्डमा अरु २७ रन जोड्दा थप दुई विकेट गुमायो ।

नरेश बुढाऐर नौ रनमा आउट भए भने अमित श्रेष्ठ ३६ रनमा पेभेलियन फर्किए । काठमाडौको विकेट झर्ने क्रम यतिमा रोकिएन ।

काठमाडौले अरु १२ रन स्कोरबोर्डमा जोड्दा थप तीन विकेट सस्तैमा खेर फाल्यो । उसका पुछार तिरका खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

बलिङ तर्फ चौराहाका कप्तान सोमपाल कामी र ललितसिंह भण्डारीले दुई दुई विकेट लिए ।

काठमाडौ गोल्डेन्सले जित निकालेमा फाइनलमा स्थान बनाउनेछ । यदि साविक विजेता चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाधि नजिक पुग्नेछ ।

आज हार्ने टिमले फाइनलमा पुग्न फेरी अर्को मौका पाउनेछ । उसले क्वालिफायर राउण्डमा महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरीयासँग खेल्नेछ । आजै इलिमिनेटर राउण्डमा महेन्द्रनगर युनाईटेड र सिवाईसी अत्तरीया विच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest