काठमाडौमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै चौराहा डीपीएलको फाइनलमा

काठमाडौ गोल्डेन्सलाई एक विकेटको रोमाञ्चक जित हात पार्दै टिम चौराहा धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । चौराहाले लगातार दोस्रो पटक डिपिएलको फाइनलमा स्थान बनाउन सफल भयो ।

लिग चरणमा अपराजित रहेको काठमाडौल २० ओभरमा नौ विकेट गुमाउदै एक सय २७ रन बनायो । सुस्त सुरुवात गरेको काठमाडौंले आठ रन हुदा पहिलो विकेट गुमाउदा २७ रनमा दोस्रो विकेट खेर फाल्यो ।

उसका ओपनर सुबोध भाटी खाता खोल्न नपाउदै आउट भए भने भुपेन्द्र थापा १० रनमा पेभेलियन फर्किए । तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र अमित श्रेष्ठले ५२ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर ज्ञानेन्द्र ३८ रनमा रोहन मुस्तफाको बलमा आउट भएपछि काठमाडौंले ७९ रनमा तेस्रो विकेट गुमायो । काठमाडौंले स्कोरबोर्डमा अरु २७ रन जोड्दा थप दुई विकेट गुमायो ।

नरेश बुढाऐर नौ रनमा आउट भए भने अमित श्रेष्ठ ३६ रनमा पेभेलियन फर्किए । काठमाडौको विकेट झर्ने क्रम यतिमा रोकिएन ।

काठमाडौले अरु १२ रन स्कोरबोर्डमा जोड्दा थप तीन विकेट सस्तैमा खेर फाल्यो । उसका पुछार तिरका खेलाडी एकपछि अर्को रुपमा आउट भए । बलिङ तर्फ चौराहाका कप्तान सोमपाल कामी र ललितसिंह भण्डारीले दुई दुई विकेट लिए ।

एक सय २८ रनको सामान्य लक्ष्य पक्ष्याएको साविक विजेता चौराहाले एक बल बाँकि हुँदा नौ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । राम्रो सुरुवात गर्न नसकेको चौराहाले सात रन हुँदा ओपनर अस्फाक अहमदलाई मात्र एक रनमा गुमायो ।

त्यसपछि ३१ रन हुँदा अर्का ओपनर सुनिल धमला १३ रनमा पेभेलियन फर्किदा चौराहाले दोस्रो विकेट खेर फाल्यो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन ।

५८ रन बनाउँदा चौराहाका चार खेलाडी पेभेलियन फर्किए । मध्यक्रममा खेलाडीले दरिलो साझेदारी गर्न नसक्दा चौराहाले एक सय चार रन बनाउदा सात विकेट खेर फाल्यो । चौराहाका विदेशी खेलाडी रोहन मुस्तफाले सर्वाधिक ३३ रन बनाए भने सोनु तामाङले १४ रनको योगदान गरे ।

यस्तै शंकर रानाले २८ रन बनाउदा उसका ६ खेलाडीले दोहोरो अंक छुन सकेनन । अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक भएकोमा चौराहाले शंकर राना र योगेन्द्रसिंह कार्कीलाई गुमाएको थियो ।

अन्तिम दुई बलमा जितका लागि चौराहालाई ६ रन आवश्यक थियो । जसमा सम्साद शेखले छक्का प्रहार गर्दै टिमलाई फाइनलमा पुर्याए । अब काठमाडौले फाइनलमा पुग्न महेन्द्रनगर र अत्तरीया विचको विजेतासँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest