डीपीएलमा अत्तरीया बाहिरीदा महेन्द्रनगर क्वालिफायर्समा

महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । सिवाईसी अत्तरीयालाई १५ रनले हराउदै महेन्द्रनगरले फाइनल नजिक पुगेको छ ।

अब फाइनल प्रवेशका लागि महेन्द्रनगरले काडमाडौसंग खेल्नेछ । हारसगै अत्तरीया प्रतियोगिताबाट बाहिरीएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा सात विकेट गुमाउदै एक सय ३० रन बनायो ।

खराव सुरुवात गरेको महेन्द्रनगरले ३ रनमा पहिलो विकेट गुमाउदा ३३ रन बनाउदा ३ विकेट खेर फालेको थियो । उसका दुबै ओपनर विनोद भण्डारी र आसिफ शेख सस्तैमा आउट भए ।

त्यसपछि पुनित विष्ट पनि मात्र ६ रनमा आउट भए । महेन्द्रनगरका लागि आरिफ शेखले ३५ रन बनाए भने पुनित मेहराले २६ तथा रोहित पौडेलले ११ रनको योगदान गरे ।

यस्तै करण केसीले २४ रनको योगदान गरे । बलिङ तर्फ कमलसिंह ऐरीले दुई विकेट लिए ।

जवाफमा अत्तरीया २० ओभरमा ४ विकेट गुमाउदा एक सय १५ रनमा रोकियो । १३ रनमा पहिलो विकेट गुमाएको अत्तरीयाले ५६ रन बनाउदा तीन विकेट खेर फालेको थियो ।

उसका ओपनर प्रेम तामाङ ५ रनमा आउट भए भने कप्तान सुवास खकुरेल ३० तथा गौरभ तिरकारा १४ रनमा पेभेलियन फर्किए ।

चौथो विकेटका लागि दिपेन्द्र ऐरी र विपिन चन्द्रले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर दिपेन्द्र २७ रनमा आउट हुदा अत्तरीयाले एक सय ६ रनमा चौथो विकेट गुमायो । अत्तरीयाका विपन चन्दले अविजीत २८ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन ।

बलिङ तर्फ महेन्द्रनगरका रोविन क्षेत्रीले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest