कोलकातामाथि चेन्नेइको सनसनीपुर्ण जित

इन्डियन प्रिमियर लिगमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नेई सुपर किङसले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा कोलकाता नाइटराइडर्स माथि ५ विकेटको सनसनीपुर्ण जित निकाल्न सफल भयो ।

चेन्नेईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले आन्द्रे रसेलेको विस्फोटक पारीका कारण २० ओभरमा ६ विकेट गुमाउदै दुई सय दुई रन बनाएको थियो ।

सुरुवात राम्रो गर्न नसकेपनि कोलकाताका सबै खेलाडीले आफनो भमिका निभाएका थिए । उसका लागि विस्फोटक पारी खेलेका रसेलले ३६ बलमा ८८ रन बनाए । जसमा ११ छक्का र एक चौका सामेल थियो ।

यस्तै रविन उथप्पाले २९ तथा कप्तान दिनेश कार्तीकले २६ र क्रिस लियोनले २२ रन बनाए ।

जवाफमा चेन्नेईले एक बल बाँकि हुदा पाच विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । उसका लागि साम विलिङसले ५६, सेन वाटसनले ४२ तथा अम्बाती राइडुले ३९ रन बनाए । यस्तै कप्तान धोनीले २५ र सुरेश रैनाले १४ रनको योगदा गरे । लगातार दुई जित निकालेको चेन्नेई चार अंक बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest