दोस्रो क्वालिफायर्समा काठमाडौ र महेन्द्रनगर भिड्दै

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड भिड्दैछन ।

कैलाली स्थित संघिए इकाई प्रहरीको मैदानमा हुने खेल दिउसो साढे १२ बजेबाट सुरु हुनेछ ।

लिग चरणमा अपराजित भएको काठमाडौ पहिलो क्वालिफायर्समा घरेल टिम तथा साविक विजेता धनगढी टिम चौराहासँग एक विकेटले पराजित भएको थियो ।

लिगको शिर्ष स्थानमा रहेका कारण उसले हारेपनि फाइनलमा पुग्न अर्को मौका पाएको हो । यस्तै महेन्द्रनगरले सिवाईसी अत्तरीयालाई १५ रनले पराजित गर्दै क्वालिफायर्समा पुगेको हो ।

लिग चरणमा महेन्द्रनगर तेस्रो स्थानमा रहेको थियो । जारी सिजनमा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन ।

लिग चरणमा यी दुई टिम विचको खेल बर्षाका कारण रद्द भएको थियो । आजको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहासँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest