एशिया कप युएईमा सर्यो, नेपालले प्लेअफमा ५ टिमको सामना गर्ने

आउदो सेप्टेम्बर महिनामा हुने एशिया कपको आयोजनाको जिम्मा युएईलाई दिइएको छ । यसअघि भारतमा हुने भनिएको एशिया कपको आयोजना स्थल युएईलाई बनाइएको छ ।

भारत र पाकिस्तान विचको राजनितीक अस्थिरताका कारण एशियन क्रिकेट काउन्सिलले एशिया कपको आयोजना स्थल नै परिवर्तन गरेको हो ।

भारतमा एशिया कप आयोजना भएमा पाकिस्तान आउनसक्ने संभावना कम भएकाले पनि युएईले मौका पाएको हो ।

प्रतियोगिता सेप्टेम्बर १३ देखि २८ तारिखमा दुबई र आबुधावीमा हुनेछ ।

५० ओभरको खेलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान रहेका छन ।

बाँकि एक टिमको टुङगो प्लेअफबाट लाग्नेछ । जसका लागि नेपाल, युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान विच प्रतिस्पर्धा हुनेछ । यी ६ टिम विच शिर्ष स्थानमा रहने टिमले एशिया कपमा स्थान बनाउनेछ ।

यस्तै एसीसी इमर्जिङ एशिया कपको आयोजनाको जिम्मा पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा पाएका छन । लाहोरमा बसेको एसीसीको बोर्ड बैठकले सिनियर र जुनियर स्तरको एशिया कपको आयोजनास्थल र मिती तय गरेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest