सन्दिपको टिम दिल्लीको अर्को हार, राजस्थानको पहिलो जित

इन्डियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।

जयपुरमा भएको खेलमा दिल्ली राजस्थानसँग डकवर्थ एण्ड लुइसको नियमका आधारमा १० रनले पराजित भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको अवस्थामा बर्षा भएपछि खेल राकिएको थियो ।

त्यसपछि निकै बेर पानि परेपछि पहिलो इनिङ सम्भव भएन । जसका कारण दोस्रो इनिङको खेल ६ ओभरमा झारीएको थियो ।

राजस्थानका लागि कप्तान अजिन्क्या राहानेले ४५ तथा सन्जु सामसनले ३७ र जोस बटलरले २९ रनको योगदान गरे । यस्तै बेन स्टोकले १६ रन थपे ।

जवाफमा ६ ओभरमा ७१ रनको लक्ष्य पाएको दिल्ली ४ विकेट गुमाउदा ६० रन मात्र बनाउन सक्यो ।

उसका लागि ग्लेन म्याक्सवेल र क्रिस मोरीसले समान १७–१७ रन बनाए भने रिसब पन्तले २० रन जोडे । दिल्लीको यो लगातार दोस्रो हार हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest