दोस्रो क्वालिफायर्समा फेरी काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड भिड्दै

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको फेरी प्रतिस्पर्धा हुने भएको छ ।

कैलालीको प्रहरी मैदानमा हिजो बर्षाका कारण खेल रद्द भएपछि आजका लागि सारिएको हो । हिजो २ ओभर सकिए लगत्तै हावाहुरीका साथै भारी बर्षा भएपछि खेल हुन सकेन ।

सो बेला महेन्द्रनगर युनाईटेडले ब्याटिङ गर्दै दुई ओभरमा ८ रन बनाएको थियो । लिग चरणमा अपराजित भएको काठमाडौं पहिलो क्वालिफायर्समा घरेल टिम तथा साविक बिजेता धनगढी टिम चौराहासँग एक विकेटले पराजित भएको थियो।

आजपनि मौसम प्रतिकुल भएर खेल हुन सकेन भने लिग चरणमा गरेको प्रदर्शनका आधारमा विजेताको टुङगो लाग्नेछ । लिग चरणमा काठमाडौ अपराजित रहेकाले उसलाई फाइनलमा पुग्न सजिलो हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest