दुई बर्षपछि फर्किएको चेन्नेईले घरेलु मैदानमा बाँकि खेल खेल्न नपाउने

दुई वर्षपछि आईपीएल क्रिकेटमा फर्किएको चेन्नई सुपरकिङ्सले सुरक्षाको कारण घरेलु मैदानमा बाँकि खेल खेल्न नपाउँने भएको छ । चेन्नेईको घरेलु मैदानमा हुने सबै खेललाई पुणेमा खेलाइने भएको छ ।

कोलकाता विरुद्दको खेलमा दर्शकबाट जुत्ता प्रहार भएपछि आयोजक सुरक्षामा कमजोरी भएको बताउँदै पुणेलाई चेन्नेईको घरेलु मैदान बनाएको छ । खेलका दौरान केहि दर्शकले काभेरी नदीको पानी सम्बन्धि विवादका बारेमा पोस्टरहरु मैदानमा बोकेका थिए ।

यस विषयमा विभिन्न प्रदर्शन भएका कारण सुरक्षा खतरा बढेको भन्दै आयोजकले चेन्नईका बाँकी ६ वटै खेल पुणेमा खेलाउने भएको छ । भारतका २ छिमेकी राज्य तामिलनाडु र कर्नाटकबीच काभेरी नदीको पानीसम्बन्धी विवादमा चेन्नईमा प्रदर्शन भइरहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest