१० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरले काठमाडौलाई १४३ रनको लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडले काठमाडौं गोल्डेन्सलाई एक सय ४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।

निकै खराव सुरुवात गरेको महेन्द्रनगरका ओपनर विनोद भण्डारी खाता खोल्न नपाउँदै आउट भएपछि महेन्द्रनगरको स्कोरबोर्डमा एक रनपनि थिएन ।

त्यसपछि सात रन बनाउँदा महेन्द्रनगरको अरु दुई विकेट गुमायो । आसिफ शेख र हरिशंकर शाहले दुबैले खाता खोल्न पाएनन ।

एक समय निकै दबावमा रहेको महेन्द्रनगरले एकपछि अर्को रुपमा विकेट गुमाउदा १० रनमा ६ विकेट खेर फाल्यो । उसका पुनित विष्ट ७ रन बनाउदा अरुले खाता खोल्न सकेनन् ।

तर आरिफ शेख र पुनित मेहराले सातौ विकेटका लागि आरिफ शेख र पुनित मेहराले ८५ रनको साझेदारी गर्दै टिमको पारिलाई सम्हाले ।

तर आरिफ ४३ रनमा पेभेलियन फर्किएपछि महेन्द्रनगरले ९५ रनमा सातौ विकेट खेर फाल्यो । त्यसपछि आठौं विकेटकालागि पुनित करण केसीले ४६ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

करणले १२ बलमा २१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका पुनित मेहराले ५८ रन बनाए । ४१ बलमा उनले चार चौका र चार छक्का प्रहार गरेका थिए ।

बलिङ तर्फ काठमाडौका सन्नी पटेलले ६ विकेट लिए । चार ओभरमा १० रन खर्चदै उनले विराटनगरको पारीलाई कमजोर बनाए । जारी प्रतियोगितामा एकै खेलमा ६ विकेट लिने सन्नी पहिलो खेलाडी हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest