महेन्द्रनगरलाई हराउँदै काठमाडौ डीपीएलको फाइनलमा, चौराहासँग उपाधि भिडन्त

धनगढी प्रिमियर लिगको उपाधिका लागि काठमाडौ गोल्डेन्स र घरेलु टिम चौराहा भिड्ने भएका छन । दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडलाई ५ विकेटले हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा स्थान बनाउन सफल भयो ।

कैलाली प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।

निकै खराव सुरुवात गरेको महेन्द्रनगरका ओपनर विनोद भण्डारी खाता खोल्न नपाउँदै आउट भएपछि महेन्द्रनगरको स्कोरबोर्डमा एक रनपनि थिएन ।

त्यसपछि सात रन बनाउँदा महेन्द्रनगरको अरु दुई विकेट गुमायो । आसिफ शेख र हरिशंकर शाहले दुबैले खाता खोल्न पाएनन ।

एक समय निकै दबावमा रहेको महेन्द्रनगरले एकपछि अर्को रुपमा विकेट गुमाउदा १० रनमा ६ विकेट खेर फाल्यो । उसका पुनित विष्ट ७ रन बनाउदा अरुले खाता खोल्न सकेनन् ।

तर आरिफ शेख र पुनित मेहराले सातौ विकेटका लागि ८५ रनको साझेदारी गर्दै टिमको पारिलाई सम्हाले ।

आरिफ ४३ रनमा पेभेलियन फर्किएपछि महेन्द्रनगरले ९५ रनमा सातौ विकेट खेर फाल्यो ।

त्यसपछि आठौं विकेटकालागि पुनित करण केसीले ४६ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । करणले १२ बलमा २१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका पुनित मेहराले ५८ रन बनाए ।

४१ बलमा उनले चार चौका र चार छक्का प्रहार गरेका थिए । महेन्द्रनगरको पारीलाई कमजोर बनाउन बलिङ तर्फ काठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडेन राख्दै १० रन खर्चिदै ६ विकेट लिए ।

जारी प्रतियोगितामा एकै खेलमा ६ विकेट लिने सन्नी पहिलो खेलाडी हुन ।

जवाफमा काठमाडौले १८ ओभर दुई बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उत्कृष्ट सुरुवात गरेको काठमाडौले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेको थियो । उसका ओपनर सुबोध भाटीले विस्फोटक ब्याटिङ गर्दैै १८ बलमा ५२ रन बनाउँदै आउट भएपछि काठमाडौले पहिलो विकेट गुमाए ।

जारी प्रतियोगितामा कम बलमा अर्धसतक पुरा गर्ने भाटी पहिलो खेलाडी हुन । त्यसपछि ८३ रन हुँदा अर्का ओपनर अमित श्रेष्ठ २६ रनमा पेभेलियन फर्किए ।

तर बलियो ब्याटिङलाइन अप भएको काठमाडौले एक सय आठ रन बनाउँदा तेस्रो विकेट गुमायो । उसका भुपेन्द्र थापा १५ रनमा आउट भए ।

त्यसपछि एक सय १९ रन हुदा पुष्प थापा मात्र नौ रनमा आउट भएपछि चौथो विकेट खेर फाल्यो ।

कप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐरले टिमलाई जित दिलाए । मल्ल २५ रनमा आउट हुदा नरेश सात रनमा अविजीत रहे भने अन्निम सन्नी पटेलले चौका प्रहार गर्दै टिमलाई फाइनलमा पुर्याए ।

बलिङ तर्फ महेन्द्रनगरका पुनित महेराले दुई विकेट लिए । धनगढी यसअघि नै काठमाडौलाई एक विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल भोली हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest