आइपिएलमा मुम्बईले लगातार दोस्रो हार ब्यहोर्दा हैदरावाद अपराजित

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगमा लगातार दोस्रो हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा मुम्बई सनराइजर्स हैदरावादसँग १ विकेटले पराजित भयो । प्रतियोगितामा हैदरावादको लगातार दोस्रो जित हो ।

हैदरावादको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो ।

उसका लागि शूर्यकुमार यादव र कायरन पोलार्डले समान २८–२८ रन बनाए ।

यस्तै इभिन लुईसले २९ रन बनाउँदा कुर्नाल पाण्डेले १५ र कप्तान रोहित शर्माले ११ रन जोडे । उसका बाकि खेलाडीले दोहोरो अंक छुन सकेनन ।

जवाफमा हैदरावादले २० ओभरमा एक बिकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको हैदरावादको मिडिलअडरका खेलाडी विच राम्रो साझेदारी हुन सकेन ।

६५ रनमा पहिलो विकेट गुमाएको हैदरावादको जितमा शिखर धवनले ४५ तथा दिपक हुडाले ३२ र बनाए । यस्तै रिद्दमान शाहले २२ तथा युसुफ पठानले १४ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest