आइसीसीले भन्यो-क्यानको साधारणसभा स्वागतयोग्य

अन्तराष्ट्रिय क्रिकेट परिषद अार्इसीसीको निलम्बन रहेको नेपाल क्रिकेट संघको निलम्बन फुकुवा हुने सम्भावना बढेको छ ।

नेपालले एकदिवशीय मान्यता पाएपछि निलम्बन फुकुवाका लागि कुनै पहल नभएको भन्दै निर्वाचित भनिएको क्यानका पदाधिकारीले विहीबार र शुक्रबार हुने विशेष साधारण सभामा निलम्बन फुकुवाका लागि हदैसम्मको लचकता अपनाउने बताएका छन् ।

नेपालले पाएको ऐतिहासिक सफलतालाई आत्मसाथ गर्न क्रिकेटको गर्भनिङ बडी हुन आवश्यक रहेको भन्दै नेपाल भित्रका विवाद समाधानका लागि कुनैपनि कसर बाँकी नराख्ने बताएका छन् ।

यो साधारण सभाले आर्इसीसीले भनेअनुसार क्यानको विधानलाई संसोधन गर्नेछ भने यसअघि अडान राख्दै आएका केहि बूँदालाई संशोधन गर्नेछ ।

वर्तमान विधानका केही व्यवस्थाहरुमा संशोधन गरी अघि बढ्दा निलम्बन फुकुवा भई क्रिकेटले निकास पाउने अवस्थामा नेपाल क्रिकेट संघ आवश्यक लचकताका साथ प्रस्तुत हुने कुरा विश्वास दिलाउन चाहेको महासचिव अशोकनाथ प्याकुरेलले बताए ।

‘उक्त साधारणसभाले मस्यौदा विधानका प्रस्तावमाथि गहन छलफल गरी एउटा टुंगोमा पुग्ने विश्वास लिएका छौं’ निर्वाचित क्यानको विज्ञप्तिमा भनिएको छ ।

करीव दुई बर्षदेखि आर्इसीसीको निलम्बनमा रहेको नेपाललाई फुकुवाका लागि यो अन्तिम मौका हुनेछ ।

क्यानको साधारणसभा स्वागतयोग्य

यता आईसीसीले पनि क्यानको विशेष साधारणसभालाई स्वीकृती दिनुका साथै यो पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

आर्इसीसीले क्यानको विशेष साधारण सभाबाट निलम्बन फुकुवाका लागि एक कदम अगाडी बढेको बताएको छ ।

आन्तरिक विवादका कारण आईसीसीले दुई बर्ष अगाडि क्यानलार्इ निलम्बन गरेको थियो । तर, उसले राष्ट्रिय टोलीलार्इ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बञ्चित गराएको थिएन ।

त्यसपछि आर्इसीसीकै पहलमा विवाद समाधानका लागि सल्लाहकार समिति गठन भएको थियो । त्यस समितिले क्यानको विधान संशोधन गरे पनि निर्वाचित क्यानले आफ्नो अडान राख्दै विवाद सिर्जना गरेको थियो ।

त्यस विधानलाई आईसीसीसामू बुझाए पनि विश्व क्रिकेटको सर्बोच्च निकाय सन्तुष्ट नहुादा फेरि साधारण सभा गरेर सल्लाहकार समितिले तयार पारेको विधान अनुसार नै पारित गर्न निर्देशन दिएको थियो ।

अब असन्तुष्ट पक्ष नै लचिलो हुने भएपनि नेपाली क्रिकेटले नयाँ स्वरुप पाउने आशा बढेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest