नेपालगन्ज कप क्रिकेटमा लुम्बिनी यात्रिज र दंगाली गोर्खाजको जित

बाँकेमा जारी नेपालगन्ज कपमा लुम्बिनी यात्रिज र दंगाली गोर्खाजले जित निकालेका छन । 

कोहलपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा लुम्बीनीले बाँके ब्लास्टर्सलाई ६ विकेटले हरायो ।

टस जितेर ब्याटिङको निम्तो पाएको बांके ब्लास्टरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३८ रन बनायो ।

उसका लागि सोनु तामाङले १७ बलमा विस्फोटक ५८ रनको अर्धशतकिय पारी खेले । जसमा आठ छक्का र एक चौका हिर्काए ।

यस्तै कप्तान प्रज्वल शाहीले १२, सुदिप नेपाली र अख्तर हुसैनले समान १३– १३ रन बनाए । जवाफमा लुम्बिनी यात्रिजले ७ बल बाँकि हुदा लक्ष्य पुरा गर्यो ।

उसका ओपनर विशाल खत्रीले ४६ बलमा ६६ रन बनाए भने बसिर अहमदले ३५ रनको योगदान गरे ।

यस्तै अर्को खेलमा दंगाली गोर्खाजले रोल्पा गोरिल्लाजलाई ६ विकेटले पराजित गरयो ।

टस हारेर ब्याटिङको निम्तो पाएकोे रोल्पा गोरिल्लाजले १८ ओभर ५ बलमा ९५ रनमा अलआउट भयो । राम्रो सुरुवात गर्न नसकेको रोल्पाका सौरभ खनालले ३६ रन बनाए भने समसुद्दिन अन्सारीले ११ तथा शेर ओलीले १० रन बनाए ।

अन्य सात खेलाडीले दोहोरो अंक छुन सकेनन । बलिङ तर्फ दंगालीका सागर ढकालले ४ विकेट लिए । जवाफमा ९६ रनको लक्ष्य गोर्खाजले १४ ओभरमा ४ विकेटका पुरा गर्यो ।

उसका लागि संदिप सुनारले ३६ रन बनाए भने विनायक गिरी र सुजन पुनले समान १६–१६ रनको योगदान गरे ।

प्रतियोगितामा भोली पहिलो खेल लुम्बिनी यात्रीज र दंगाली गोर्खाज तथा दोस्रो खेलमा रोल्पा गोरिल्लाज र बर्दिया टाईर्गस बीच हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest