आइपिएलमा मुम्बइको पहिलो जित, बैङलोर ४६ रनले पराजित

मुम्बइ इन्डियन्सले जारी इन्डियन प्रिमियर लिग आइपिएलमा पहिलो जीत हात पारेको छ । रोहित शर्माको उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बइले रोयल च्यालेन्जर्स बैङलोरलाइ ४६ रनले पराजित गर्यो ।

घरेलु मैदान वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ६ विकेट गुमाउदै दुइ सय १३ रन बनाएको थियो । मुम्बइले सुरुवात भने खराब गरेको थियो । उसले पहिलो ओभरको दुइ वलमा दुइ विकेट गुमाएको थियो ।

ओपनर सुर्य कुमार यादव उमेश यादवको वलमा गोल्डेन डक आउट हुदै मैदान बाहिरिए । उनको स्थानमा आएका इसान किसन पनि पहिलो वलमानै आउट भएपछि मुम्बइ दवावमा अाएको थियो ।

तर कप्तान रोहित र इभिन लुइसले मुम्बइको पारीलाइ सम्हाले । शतक बनाउन बाट चुकेका रोहितले ५२ वलमा ९४ रनको शानदार पारी खेले । उनले दश चौका र पांच छक्का हिर्काए । लेविसले ४२ वलमा ६५ रनको योगदान दिए ।

वलिङ तर्फ उमेश यादव र कोरी एन्डरसनले दुइ दुइ विकेट लिए । जवाफमा दुइ सय १४ रनको लक्ष्य पछ्याएको बैङलोर पुरै ओभर खेल्दै आठ विकेटको नोक्सानीमा एक सय ६७ रनमा समेटियो ।

बैङलोरका लागि कप्तान विराट कोहलीले एक्लो संघर्ष गरेपनि जीत दिलाउन सकेनन् । उनले अविजीत ९२ रन बनाए । अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा बैङलोर हार बेहोर्न बाध्य भयो ।

हार्दिन पान्डेयले तीन तथा जस्प्रित बुमराह र मिशेल मक्लेघनले दुइ दुइ विकेट लिएपछि बैङलोरको ब्याटिङ अघि बढ्न सकेन् । बैङलोरको जारी डिपिएलमा यो ेतस्रो हार हो ।

आइपिएलमा आज राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्स बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest