नेपालगन्ज कप क्रिकेटमा लुम्बिनी यात्रीजको लगातार दोस्रो जित

बाँकेको कोहलपुरमा जारी नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको आज भएको खेलमा लुम्बिनी यात्रीजले दोस्रो जित हासिल गरेको छ ।

टस जितेर ब्याटिङको निम्तो पाएको दंगाली गोर्खाजको निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाउदै एक सय ७ रन बनायो ।

उसका लागि अमर सिंह रौटेलाले २६ रन तथा विनायक गिरीले २४ रनको योगदान गरे । लुम्बिनी यात्रीजका लागि सुनिल सुनार र निजामुद्दिन अन्सारीले समान २–२ विकेट लिए ।

एक सय ८ रनको लक्ष्य लुम्बिनी यात्रीज १८ ओभर ५ बलमा सात विकेट गुमाउदै पुरा गर्यो । उसकालागि बासिर अहमदले ३५ रन तथा कृष्ण कार्कीले २२ रन जोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest