आइपीएलमा कोलकाता शिर्ष स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्सले तेस्रो जित निकालेको छ । जितसँगै कोलकाता लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

जयपुरमा भएको खेलमा कोलकाताले घरेलु टिम राजस्थानलाई सात विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६० रन बनाएको थियो ।

उसका लागि जोन म्याथ्यु सोर्टले ४४ रन बनाए भने कप्तान अजिन्क्या राहाणेले ३६ तथा जोस बट्लरले २४ रन थपे । बाकि खेलाडी सस्तैमा आउट भए ।

जवाफमा कोलकाताले १८ ओभर ५ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गरे । उसका जितेमा रविन उथप्पाले ४८ तथा नितेश राना र सुनिल नारेनले समान ३५–३५ रन बनाए ।

यस्तै कप्तान दिनेश कार्तिकले ४२ रनको योगदान गरे । अंक तालिकामा पाच खेलबाट कोलकाताले ६ अंक बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest