क्यानको विशेष साधारणसभा, अबपनि विवाद समाधान भएन भने ठुलो दुर्घटना हुने-खेलकुद मन्त्री

नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभामा बोल्दै खेलुकद मन्त्री जगतबहादुर सुनारले क्रिकेट विवाद समाधानका लागि सबै मिलेर अगाडी नबढे ठुलो दुर्घटना हुने बताए ।

मन्त्री सुनारले एउटा बच्चामाथि दुईवटा आमाको दावीको उदाहरण दिदै नेपाली क्रिकेट पनि त्यस्तै अवस्थाका कारण पछि परेको र यसको समाधानका लागि मन्त्रालयले खेल्ने उचित भुमिका निर्वाह गर्ने बताए ।

साथै उनले क्यानमा अहिलेसम्म बुझेका ब्यक्तिले क्रिकेट हाँकेको र यसको विकाशका लागि, खेलाडीका लागि जस्तो गर्दा राम्रो हुन्छ त्यो गर्न आवश्यक रहेको बताए । साथै उनले आवश्यकता र औचित्यका लागि जुन आवश्यकता छ त्यसमा मन्त्रालयले पनि साथ दिने विश्वास दिलाए ।

सल्लाहकार समितीको छलफलमा जुन किसिमले विधान सम्सोधन हुन गइरहेको छ यसले नेपाली क्रिकेटको भविष्य उज्यालो हुने बताए । यसमा आइसीसीले पनि जस्तो भुमिका खेलेको छ र उसले दिएका निर्देशनलाई पालना गरेर अगाडी बढ्नुहुने आशा रहेको बताए ।

मोनिटरीङ कमिटीलाई निष्पक्षताका साथ काम गर्ने बाताबरण बनाउनुहुनेमा विश्वस्त रहेको बताए ।

नेपालको विशेष साधारणसभाका लागि आइसीसीका प्रतिनिधीका रुपमा अमर शेख नेपाल आएका छन । 

यसअघि विधानमा रहेका विवादित बुधालाई हटाएर नयाँ विधानलाई यो साधारण सभाले पारित गर्नेछ । साधारणसभा भोलीसम्म चल्नेछ ।

२०७४ भदौमा भएको क्यानको विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधानलाई संशोधन गर्दै निर्वाचन साधारणसभामा १७ जना सदस्यले स्वतः भाग लिन पाउने तथा राष्ट्रिय खेलकुद परिषद्का ७ जना पदाधिकारीहरु बिना मताधिकार साधारणसभामा रहन पाउनु पर्ने व्यवस्था गरेको थियो।

उक्त संशोधन विधानलाई आइसीसीले अस्विकृत गरेपछि गत माघमा आइसीसीसँगको छलफलमा उक्त संशोधित बुदाँहरु हटाउँदै सल्लाहकार समितीले बनाएको विधान पारित गर्न क्यानका पदाधिकारीहरु राजी भएका छन।

सोही सहमति बमोजिम क्यानको विधान संशोधन गर्न क्यानको साधारण सभा हुन लागेको हो। साधारण सभाले क्यानको विधान सहमति बमोजिम गरे आइसीसीले आगामी जुनमा हुने उसको वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको छ।

यो साधारण सभाका लागि आइसीसीले पनि बजेट निकासा गर्नुका साथै सकारात्मक रुपमा लिने बताइसकेको छ । यदि विवादित बुधाहरुलाई हटाएर विधान पारित भएमा दुई बर्ष देखिको अपाङग क्यानले नयाँ स्वरुप पाउने निश्चित देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest