संदिप पिपल्स च्वाइस अवार्डको मनोननयनमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर संदिप लामिछाने एन एस जे एफ स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोननयनमा परेका छन ।

नेपाल खेलकुद पत्रकार मन्चले आज सार्वजनिक गरेको मनोनयनमा संदिप संगै राष्ट्रिय फुटवल टिमका गा्लकिपर करण लिम्बु, भलिवलका मान बहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेवल टेनिसका स्यान्टु श्रेष्ठ परेका छन ।

मनोनयमा परेका सवै खेलाडी बाहिर रहेका कारण मनोनयन सार्वजनिक कार्यक्रममा भने उपस्थित भएनन् । संदिप इन्डियन प्रिमियर लिगका लागि भारतमा छन भने मान बहादुर सेन्ट्रल जोन मेन्स भलिवल प्रतियोगिताका लागि बंगलादेशमा छन ।

प्रतिमा प्शिक्षणका लागि अमेरिकामा रहेकी छिन् । आजै उनले विश्व गलफका स्टार टँइगर उड्स संग पनि भेटेकी थिइन् ।

किरण माइभ्याली गोल्डकपका लागि इलाममा र स्यान्टु जुनियर टेवल टेनिस च्याम्पियनसिप खेल्नका लागि मलेसियामा रहेका छन । गत वर्ष प्राप्त गरेको सफलता र चर्चाका आधारमा उनीहरुलाइ यो विधामा छनौट गरिएको खेलाडी छनौट समितीका संयोजक राजु घिसिङले जानकारी दिए । मतदानका आधारमा विजेता घोषणा गरिनेछ । यो पटक सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३५ खेलका प्रशिक्षक र मन्चका ८४ जना सदस्यले पनि मतदान गर्न पाउनेछन ।

जसमा २५ प्रतिशत प्रशिक्षक, २५ प्रतिशत पत्रकार र ५० प्रतिशत एस एम एस र फेसबुक लाइभ बाट जोडिनेछ । जेठ तीन गते हुने अवार्डमा वाषर््को उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट युवा खेलाडी लगायत नौ विधामा अवार्ड प्रदान गरिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest