नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी दङगाली गोर्खाजलाई

बाँकेको कोहलपुरमा सम्पन्न नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी दङगाली गोर्खाजले जितेको छ । फाइनलमा रोल्पा गोरिल्लाजलाई ८ विकेटले हराउदै दङगाली गोर्खाजले उपाधि जितेको हो ।

टस जितेर ब्याटिंग गरेको रोल्पा गोरिल्लाज १९ ओभर एक बलमा ८९ रनमा अलआउट भयो । खराब सुरुवात गरेको रोल्पाले ३३ रनमा ८ विकेट गुमाएको थियो ।

उसका लागि नन्दन यादब १० रन बनाउनुबाहेक बाकि खेलाडीले सस्तैमा आउट भए । नवौं विकेटका लागि शेर ओली र रोशन शाहले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । शेर १४ रनमा आउट भए ।

रोल्पालाई सस्तोमै समेट्न दंगाली गोर्खाजका अनिल खरेलले ३ विकेट लिए भने सन्दिप सुनारले २ विकेट हात पारे । ९० रनको लक्ष्य दंगाली गोर्खाजले ८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

दंगालीको जितमा कप्तान सन्दिप सुनारले ४६ रन बनाए भने मनोज सुनारले अविजित २४ रन जोडे । फाइनल खेलका म्यान अफ द म्याच दंगाली गोर्खाजका संदिप सुनार घोषित भए ।

विजेता दङगालीले एक लाख रुपैया हात पार्योभ ने दोस्रो भएको रोल्पाले ६० हजारमा चित्त बुझायो । बैशाख ३ गते देखि सुरु भएको प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest