चेन्नईले बैंगलोरलाई ५ विकेटले हरायो

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत बुधबार राती भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । चेन्नईले बैंगलोरलाई ५ विकेटले हरायो ।

चेन्नर्इ र बैंगलाेरवीचकाे खेलमा अार्इपीएल इतिहासकै सबैभन्दा धेरै छक्का प्रहार भएकाे थियाे । जसमा बैंगलाेरले १६ तथा चेन्नर्इले १७ छक्का प्रहार गरेका थियाे ।

बैंगलोरमा भएको खेलमा घरेलु टिमले दिएको २०६ रनको विशाल लक्ष्य चेन्नईले पाँच विकेटको क्षतिमा २ बल अगावै भेटायो । अम्बाती रायडु र महेन्द्रसिंह धोनीले उत्कृष्ट ब्याटिङ गरेपछि चेन्नई विजयी भयो ।

४ विकेटको क्षतिमा ७४ रनको अवस्थामा रहँदा धोनी र रायडुले १०१ रनको साझेदारी गरेपछि चेन्नईले विजय प्राप्त गर्यो ।
रायडुले ५३ बलमा ८ छक्का र ३ चौका प्रहार गर्दै ८२ रन बनाए भने धोनीले ३४ बलमा ७ छक्का प्रहार गर्दै ७० रन बनाए ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टिमले ८ विकेटको क्षतिमा २०५ रन बनाएको थियो । बैंगलोरका लागि एबी डि भिलियर्सले ३० बलमा ६८ रन बनाएका थिए भने क्वीन्टन डिककले ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै मन्दिप सिंहले ३२ रन बनाएका थिए ।

बलिङ तर्फ शार्दुल ठाकुर, इमरान ताहिर र ड्वाइन ब्राभोले २–२ विकेट लिएका थिए ।

जितसँगै चेन्नई आईपीएल तालिकामा ६ खेलबाट १० अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोर भने समान खेलबाट ४ अंक सहित छैटौं स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest