सन्दिपको टिम दिल्लीका कप्तान परिवर्तन, गम्भिरको ठाउँ एेयरले लिए

नेपाली युवा स्पिनर सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भिरले पदबाट राजिनामा दिएका छन ।

जारी आईपिएलमा लगातार खराव फर्म रहेको दिल्लीको कप्तान गौतम गम्भिरले घरेलु मैदानमा दोस्रो खेल खेल्न दुई दिन अगाडी कप्तान पद त्यागेको निर्णय गरेका हुन ।

दिल्लीमा आयोजना भएको पत्रकार सम्मेलनमा गम्भिरसँगै प्रशिक्षक रिकी पोन्टिङले पनि टिमलाई केहि परिवर्तन चाहिएको बताउँदै गम्भिरले कडा निर्णय गरेको बताए ।

अब गम्भिरको स्थानमा श्रेयस ऐयरले दिल्लीको कप्तानी गर्नेछन । प्रतियोगितामा दिल्लीले ६ खेलमा ५ मा हार र एक खेलमा जित निकालेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest