कोहलीलाई लगाइयो १२ लाख जरिवाना

रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीमाथि सुस्त ओभर रेटका कारण जरिवाना लगाइएको छ ।

चेन्नाई सुपर किङ्ग्स विरुद्धको खेलमा सुस्त ओभर रेटमा बलिङ गराएको भन्दै कोहलीमाथि आइपिएलको नियमअनुसार १२ लाख रुपैयाँ जरिवाना लगाइएको छ ।

चेन्नेइसँग ५ विकेटले पराजित भएको बैङलोरका कप्तान कोहलीलाई जरिवानासँगै एकपटकलाई चेतावनी पनि दिइएको छ ।

यो सिजनको आइपिएलमा जरिवाना लाग्ने पहिलो खेलाडी बनेका कोहलीको टिमले २०६ रन बनाएपछि हार ब्यहोरेको थियो ।

कोहलीले सो खेलमा १८ रन बनाउँदा चेन्नाईलाई जित दिलाएका कप्तान महेन्द्र सिंह धोनीले नटआउट ७० रन बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest