क्यानले चुनावबाट नेतृत्व छान्नु अबको मुख्य काम-आइसीसी

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली क्रिकेटको अबको काम नयाँ विधानमा रहेर चाडै निर्वाचन गर्न आवश्यक रहेको बताएको छ ।

अघिल्लो साता क्यानको विशेष साधारण सभाले नयाँ विधानमा रहेका विवादित मुद्दालाई साईड लगाएर नयाँ विधानलाई सर्वसम्मतले पारित गरेको थियो । सोहि विधानको प्रतिलिपी आईसीसीलाई पठाएको हो ।

भारतको कोलकातामा बसेको आईसीसीको बोर्ड बैठकले नेपाल क्रिकेटको विषयलाई पनि गहन रुपमा अठाउदै क्यानको विशेष साधारण सभाले नयाँ विधान पारित गरेको र अब सोहि विधानमा रहेन नयाँ नेतृत्व चयनको बाटोमा अगाडी बढेको बताएको छ ।

त्यो हुन सकेमा क्यानको निलम्बन फुकुवा हुने बताएको छ ।

यसका साथै आईसीसीले आफनो सदस्यता रहेका टिम विच हुने टी–२० खेललाई अन्तराष्ट्रिय मान्यता दिने निर्णय पनि गरेको छ ।

विश्व बरियतामा स्थान दिनलाईपनि सबै खेललाई अन्तराष्ट्रिय मान्यता दिने बताएको हो । जसमा महिला टिमको टी–२० मान्यता २०१९ को जेनेवरी एक तारिखबाट दिइने छ भने पुरुषको २०१८ जुलाई १ बाट दिइनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest