पञ्जावको दोस्रो हार, शिर्ष स्थानमा उक्लने मौका गुमायो

किङस इलावेन पञ्जावले इन्डियन प्रिमियर लिगमा दोस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा पञ्जाव सनराईजर्स हैदरावादसँग १३ रनले पराजित भयो । हारपछि पञ्जावले पुनः शिर्ष स्थानमा उक्लने मौका गुमायो ।

हैदरावादमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३२ रन मात्र बनाउन सक्यो उसका लागि मनिश पाण्डेले ५४, सकिव अल हसनले २८ तथा युसुफ पठानले २१ रन बनाए । यस्तै शिखर धवनले ११ रनको योगदान गरे । हैदरावादलाई कम स्कोरमा रोक्न युवा बलर अंकित राजपुतले ५ किवेट लिए ।

जवाफमा राम्रो सुरुवात गरेको पञ्जाव १९ ओभर दुई बलमा एक सय १९ रनमा अलआउट भयो । उसका लागि लोकेश राहुलले ३२ तथा क्रिस गेलले २३ रन बनाउदा करुण नायरले १३ र मायांक अग्रवालले १२ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन । उत्कृष्ट बलिङ गरेको हैदरवादका रासिद खानले ३ तथा सकिव अल हसन र सन्दिप शर्मा र बासिल ताम्पिले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest