एकपछि अर्को क्रिकेट श्रृखंला आयोजनामा ब्यस्त युएई

क्रिकेटका लागि कुनैपनि देश तथष्ट भेन्यु बन्न सकेमा कस्तो फाइदा लिन सक्छ भनेर युएईले देखाएको छ ।

अफगानिस्तान, पाकिस्तान जस्ता देशको होम ग्राउण्डको परिचय बनाइसकेको युएईमा अब एकपछि अर्को प्रतियोगिताका कारण ब्यस्तता बढेको छ ।

अघिल्लो बर्षको अन्तिममा टी–१० क्रिकेटको आयोजना गरेर नयाँ उचाई छोएको युएईमा यो बर्ष सोहि प्रतियोगिता झन बृहतरुपमा गरिदैछ ।

यो बर्ष टी–१० प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । जसमा कराचीज् पाकिस्तान र भारत बाहिर बसेका खेलाडीलाई मिलाएर बनेको नर्दरेन वारियर्स टिम यो प्रतियोगितामा भाग लिनेछन ।

यो प्रतियोगिताको नयाँ सिजन हुँने पक्का भएसंगै युएईले ५० ओभरको एशिया कप सेप्टेम्बरमा गर्दैछ । त्यसपछि पाकिस्तानले अष्ट्रेलिया र न्युजिल्याण्डलाई युएईमा नै होष्ट गर्नेछ । जसमा दुई टेष्टका साथै एकदिवसिय र टी–२० खेलिनेछ ।

यसै बर्षदेखि युएईमा नै पहिलो पटक अफगानिस्तान प्रिमियर लिग अक्टोबरमा आयोजना गर्दैछ ।

यस्तै यदि अर्को बर्ष आईपिएल भारत बाहिर खेलाइने भएमा युएई नै पहिलो रोजाईको देश हो । किनकी यसअघि पनि २०१४ मा आईपिएल युएईमा आयोजना भइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest