आइपिएलमा दिल्लीको कमब्याक, कोलकाता ५५ रनले पराजित

इन्डियन प्रिमियर लिगमा दिल्ली डेयर डेभिल्सले लगातारको हारको श्रृङखलामा पुर्ण विराम लगाएको छ ।

जारी सिजन खराब प्रदर्शन गरिरहेको दिल्लीले गएराती भएको खेलमा भने कोलकत्ता नाइट राइडर्सलाइ ५५ रनले पराजित गर्यो ।

घरेलु मैदान फिरोज शाह कोट्ला मा टस हारेर ब्याटिङ गरेको दिल्लीले आक्रमक प्रदर्शन गर्दै २० ओभरमा चार विकेट गुमाउदै दुइ सय १९ रन बनाएको थियो ।

दिल्लीको पारीमा नया कप्तान श्रेयस ऐअरले अविजीत ९३ रनको योगदान गरे । ऐअरको आइपिएलमा कप्तानका रुपमा यो डेब्यु खेल हो ।

खराब फर्मबाट गुज्रिरहेका गौतमक गंभिरको स्थानमा कप्तानी सम्हालेका ऐअरले ४० वल खेल्दै तीन चौका र दश छक्का हिर्काएका थिए । अन्डर नाइन्टिन टिमका पृथ्वी शाहले ४४ वलमा ६२ रन बनाए । शाहले कोलिन मुर्नो संग मिलेर पहिलो विकेटका लागि ५९ रनको साझेदारी गर्दै दिल्लीलाइ वलियो सुरुवात दिलाएका थिए ।

मुर्नोलाइ ब्यक्तिगत ३३ रनमा आउट गर्दै शिवम मावीले यो साझेदारी तोडेका थिए । ग्लेन म्याक्सवेलले रन आउट हुनु अघि २७ रन दिल्लीको खातामा जोडे । आन्द्रे रसेल र पियुस चावलाले एक एक विकेट लिए ।

जवाफमा दुइ सय २० रनको लक्ष्य पछ्याएको कोलकत्ताले पुरै ओभर खेल्दै नौ विकेको क्षतीमा एक सय ६४ रन मात्र बनाउन सक्यो ।

४६ रनमा चार विकेट गुमाएको कोलकत्तालाइ रसेल र सुभम गिलले सम्हाल्ने प्रयास गरेमा थिए । रसेलले ४४ र गिलले ३७ रन जोड्दै जीतका लागि संघर्ष गरेपनि सफल हुने सकेनन् ।

सुनिल नरिनले २६ र कप्तान दिनेश कार्तिकले १८ रन बनाए । दिल्लीका ट्रेन्ट बोल्ट, म्याक्सवेल, अवेश खान र अमित मिश्राले दुइ दुइ विकेट लिए ।

जारी आइपिएलमा दिल्लीको यो सात खेलमा दोस्रो जीत हो । कोलकत्ताको चौथो हार हो । आइपिएलमा आज चेन्नाइ सुपर किंस र मुम्बइ इन्डियन्स बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest