दीपक गुप्ता स्मृती क्रिकेटको उपाधि पुलिसलाई,आर्मी ३४ रनले पराजित

दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३४ रनले हराउँदै पुलिसले उपाधि हात पार्यो ।

जनकपुरको रंगभूमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस १८.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो। उसका लागि कप्तान मन्जित श्रेष्ठले २७ रन बनाए भने दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल तथा ललित भण्डारील समान १९–१९ रन जोडे । बलिङतर्फ आर्मीका सोमपाल कामी, विक्रम शोव, सागर पुन र सहाब अलामले २–२ विकेट लिए।

नेपाल पुलिसले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको आर्मी १८.२ ओभरमा ८० रनमा अलआउट भयो। आर्मीका लागि ओपनर सागर पुनले १४ र राजेश पुलामीमगरले ३१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन्। आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने रामनरेश गिरी, ललित राजवंशी र सुनील धमलाले २–२ विकेट हात पारे ।

उपाधिसँगै पुलिसले ३ लाख ११ हजार तथा आर्मीले १ सय ७१ रुपैयाँ पुस्कार पाए। आर्मीका सागर पुन म्यान अफ दि सिरिज भए । उनले ३१ हजार प्राप्त गरे । उत्कृष्ट ब्याट्सम्यान पुलिसका आरिफ शेख र उत्कृष्ट बलर सहाब अलाम घोषित भए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest